खोटाङको रुपाकोट मझुवागढी नगरपालिकामा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपालको शाखा गठन भएको छ।
बिहीबार भएको सेन्टरमा आवद्ध पत्रकारहरुको भेलाले नयाँ कमिटीको गठन गरेको हो। सुमन हिङमाङको अध्यक्षतामा गठित कमिटीको उपाध्यक्षमा परिता तामाङ, सचिव वर्षा राई, सहसचिव जोशन पवोखरेल र कोषाध्यक्षमा ममता राई छानिएका छन्।
त्यस्तै सदस्यमा सुमन आचार्य, कमला हिङमाङ, पविन्द्र राई, सुजता राई, पबिना श्रेष्ठ, गौतम राई, सरस्वति राई र जुनता राई छानिएका छन्। कार्यक्रममा उपस्थित प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य उजुर राईले नवगठित कमिटीमा आवद्ध पत्रकारहरुलाई सपथ खुवाए।
शपथ ग्रहण कार्यक्रममा राईले तत्काल चलायमान बनाउँदै जनताको आवाज बुलन्द गराउन अग्रसर गराइने बताए। कार्यक्रममा सेन्टरका अर्का अगुवा पत्रकार भिम राईले आउँदो वैशाख ३० गते घोषित स्थानीयतहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) निकट उम्मेदवारलाई जिताउन प्रचार प्रसार अभियानमा लाग्न कमिटीलाई आग्रह गरे।
प्रकाशित: २६ फाल्गुन २०७८ १२:५० बिहीबार