समाज

मानसिक स्वास्थ्य सम्बन्धी ३ दिने सेमिनार सम्पन्न

चेरिश नेपाल फाउन्डेसनले हेल्दी माइन्ड्स नेपालको सहयोगमा मानसिक स्वास्थ्य सम्बन्धी ३ दिने सेमिनार सफलतापूर्वक सम्पन्न गरेको छ।

स्वस्थ समुदायका लागि अत्यावश्यक मानसिक स्वास्थ्यबारे चेतना फैलाउन फाउण्डेशनले सौराहाका विद्यालयहरूको भ्रमण गरेको थियो। चेरिस नेपाल फाउन्डेसन र हेल्दी माइन्ड्सले चितवनको सौराहाका मालपुर मा.वि., मढी मा.वि. र बचौली मा.वि. लगायतका तीनवटा विद्यालयमा गोष्ठी आयोजना गरेको थियो।

हेल्दी माइन्ड्स नेपालकी मनोवैज्ञानिक (एमडी) रोजिशा शाही ठकुरीले चेरिश नेपाल फाउन्डेसनका संस्थापक सुप्रभ आचार्यसंग कोभिड–१९ पश्चात् खस्कँदै गएको मानसिक स्वास्थ्यका सम्बन्धमा फेब्रुअरी १५ मा सहकार्य गरेकी छिन्।

चेरिश नेपाल फाउन्डेसनले स्वस्थ सामुदायिक विकासका लागि यो विषय अत्यन्त आवश्यक भएकाले मानसिक स्वास्थ्य सम्बन्धी गोष्ठी सञ्चालन गर्नुपर्ने आवश्यकता महसुस गरेको छ। यस कार्यक्रमको सञ्चालन लागत नेपालको प्रतिनिधित्व गर्ने परफ्युम ब्रान्ड ‘र्‍यागिङ्ग एभरेष्ट’ले सहयोग गरेको थियो।

प्रकाशित: २५ फाल्गुन २०७८ ०६:२७ बुधबार