समाज

इटहरी प्रहरीलाई अटो रिक्सा प्रदान

इटहरी क्षेत्रमा अब प्रहरीले विद्युतीय अटो रिक्सामा गस्ती गर्ने भएको छ। बजाज सोरुमले शुक्रबार प्रहरीलाई विद्युतीय अटो रिक्सा हस्तान्तरण गरेपछि त्यसको प्रयोग गरेर गस्ती गर्ने जानकारी दिइयो।

समुदाय प्रहरी साझेदारी कार्यक्रमको अवधारणा अनुरूप सोरुमका प्रबन्धक प्रदिप सन्थालियाले ९ सिट क्षमता भएको १ थान विद्युतीय अटो १ नम्वर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुणकुमार बिसीलाई हस्तान्तरण गरे। प्रहरीलाई अटो रिक्सा हस्तान्तरण गरेकाले गर्दा अब उक्त अटो इलाका प्रहरी कार्यालय इटहरीले प्रहरी गस्ती पेट्रोलिङमा प्रयोग गर्ने डिएसपी खगेन्द्र खड्काले बताए।

अटोको सिरमा अरुभन्दा फरक साइरन जडान गरिएको छ। भित्र वाकीटाकी सेट सुविधासहित प्रहरीले गस्ती गर्ने जानकारी दिइयो।

प्रकाशित: २० फाल्गुन २०७८ १४:३२ शुक्रबार