समाज

भक्तपुरमा २१ वर्षीया युवतीद्वारा आत्महत्या

भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. ९ बोडेस्थित राजेन्द्र थापाको घरमा डेरा गरी बस्ने सुमन खड्गीको श्रीमती वर्ष २१ की अस्मिता खड्गीले सोही घरमै आत्महत्या गरेकी छिन्।

घरको बाहिरपट्टी ईट्टाको गारो लगाई जस्ताले छाएको ट्वाईलेटमा जस्ताको छानो अड्याउने काठमा सलको पाँसो घाँटीमा लगाई झुण्डिरहेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

निजहरुको ८ वर्षको छोरा साइमन खड्गीले देखेर जानकारी गराए पश्चात उक्त पाँसो काटी तत्काल उपचारको लागि नजिकैको कोरियन अस्पताल ठिमी लगेकोमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

घटनास्थलमा अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य गरी थप अनुसन्धान कार्य भइरहेको जनाइएको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए। 

प्रकाशित: १८ फाल्गुन २०७८ ०५:५१ बुधबार