समाज

संसद भवन अगाडि भेटिएको शंकास्पद वस्तु निष्क्रिय

नयाँ बानेश्वरस्थित संसद भवन अगाडिको मुख्य सडकमा भेटिएको  शंकास्पद वस्तु निष्क्रिय पारिएको छ।

उक्त शंकास्पद प्रेसर कुकर नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको हो। शंकास्पद प्रेसर कुकर वस्तुमा नो एमसीसी लेखिएको थियो।

शंकास्पद वस्तु भेटिएपछि उक्त क्षेत्रलाई सुरक्षा दिइएको छ।

प्रकाशित: १६ फाल्गुन २०७८ ०७:४९ सोमबार