समाज

अटोबाटै मनग्ये आम्दानी

रोजगारीका लागि इच्छाशक्ति र लगनशीलता नहुँदो तः बर्दियास्थित ठाकुरद्वारा–८, (हालः कोहलपुर–१२, चप्परगौडी) की ३३ वर्षीया सुशीला शर्मा आज मासिक २० देखि ३० हजार रुपैयाँ कसरी कमाउँदिउन्। अहिले दिनभरि ई–रिक्सा (अटो) चलाएर उनले मनग्ये आम्दानी गर्छिन्। सामान्य खेती किसानी गर्ने उनलाई श्रीमान्ले घर खर्च चलाएकै थिए। आफू घरधन्दा गर्थिन्।

तर, बेरोजगारी बस्नुभन्दा सानोतिनो भए पनि रोजगारी गर्ने तिव्र इच्छा शक्ति थियो। अटो किनिन् र सानोतिनो रोजगारीमा जोडिइन्। हेर्दा लाग्छ ठूलै प्रगति कहाँ गरेकी छिन् र ? अटो त चलाउँछिन् !  यसै भन्छन्, ‘जो आफैँ केही गर्न सक्दैनन्।’ सामान्य परिवारकी उनी बिहानै घरको कामकाज सकेर अटो ल्याएर सडकमा आउँछिन्। 

दिनभरि अटो चलाउँछिन् पुनः साँझ घरको घरधन्दामा व्यस्त हुन्छिन्। पैसा नभएर व्यवसाय गर्न सकिन्, सानो काम गर्न लाज लाग्छलगायतका बहाना गर्नेहरुका अगाडि उनी यस्तो पात्र बनेकी छिन्, ‘काम सानो ठूलो हुँदैन, लगानी नहुँदा पनि इच्छाशक्ति भए काम गर्न सकिन्छ। मात्र थोरै जोखिम उठान सक्नु पर्छ।’ इमान्दारिताका साथ काम गर्दा जस्तोसुकै जोखिमलाई पनि पार गर्न सकिने उनले प्रस्तुत गरेकी छिन्।

अटो चलाउँदै लाज हुन्छ भनेर उनी घरमै सीमित भएको भए, आज उनको परिवारमा अवस्था इँटा थपिने थिएन। श्रीमान् श्रीमती नै रोजगारी हुँदा दैनिक हुने आम्दानी पनि बढ्दो छ। ‘पहिला श्रीमान्ले मात्र कमाउनु हुन्थ्यो,’ उनले भनिन्, ‘आज म पनि कमाउने भएको छुँ। दुवैजनाको जोड्दा एकको दुई भएको छ।’

आफ्नो आम्दानीले घर खर्च चलाउने गरेको उनी बताउँछिन्। उनका श्रीमान्ले कमाएको आम्दानी भने बचत हुन्छ। ठूलो आर्थिक भार पर्दा त्यही रकमले काम चलाउँछिन् उनी। सामान्य घर खर्च तथा चुरा टिकुलीको खर्चसमेत श्रीमान्बाट माग्नु पर्ने सुशीलाको अवस्था अहिले फेरिएको छ। सामान्य खर्च श्रीमान्बाट लिने होइन, अझ दिने स्थितिमा पुगेकी छिन्। कमाउन ठूलै लगानी भए स्वदेशमा व्यापार व्यवसाय गर्ने र सानो रकम हुँदा विदेश गएर रोजगारी गर्नुपर्छ भन्ने छैन। किनकी सानै लगानीबाट छरछिमेकमै मनग्ये आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण सुशीलाले देखाएकै छिन्।

सानासाना कामकाजले आफ्नो जीवन बदल्न सकिन्छ। तर लाजको घुम्टो भने फाल्न सक्ने आट चाहिन्छ। सुशीलाले कोहलपुरमा अटो चलाउँछिन्। उनीसँगै कोहलपुरमा दर्जनौं अटोहरु छन्। तिसबै अटोहरु केही न केही आम्दानी गरेरै घर फर्किन्छन्। सुशीलाले पनि दैनिक एक हजारदेखि दुई हजार, २५ सय रुपैयाँसम्म कमाउँछिन्। यसले सामान्य खर्चका लागि आफन्तसँग सहयोग माग्नुपर्ने अवस्था हटेको छ।

प्रकाशित: ९ फाल्गुन २०७८ ०९:१७ सोमबार