समाज

ग्रिनलाइन सेन्टर प्रालिका संचालक अमित अग्रवाल पक्राउ

ग्रिनलाइन सेन्टर प्रालिका सञ्चालक अमित अग्रवाल पक्राउ परेका छन्। बैंकिङ कसुरको मुद्दामा मदिरा स्टोर ग्रिनलाइन सेन्टर प्रालिका सञ्चालक अग्रवाललाई चेक बाउन्सको उजुरीका आधारमा महानगरिय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो।

शनिबार पक्राउ परेका उनको आइतबारदेखि चार दिन म्याद मागेर अनुसन्धान भइरहेको महानगरिय प्रहरी परिसर, काठमाडौंका प्रबक्ता एसपि दिनेशराज मैनालीले बताएका छन्। बैंक तथा वित्तीय संस्था र साथीभाइको गरी करिब १ अर्व रुपैयाँ भन्दा धेरै ऋण भुक्तानी गर्न नसकेर अमित लगायत ग्रिनलाइनका सञ्चालकहरु फरार भएका थिए।

फरार भएको करिब एक महिनापछि आफै प्रहरी सम्पर्कमा आएका हुन्। सम्पर्कमा आएपछि माघ २८ गते पत्रकार सम्मेलन गरेर उनले आफ्नो कारोबारको विवरण सार्वजनिक गरेका थिए। अग्रवालको दिएको डेढ करोड र ५० लाख रुपैयाँको चेक बाउन्स भएको आरोप छ। अग्रवालले लिएको ऋण तिर्न नसकेपछि बैंकहरूले ग्रीन लाइन पसल ‘सिल’ गरेका छन्। अग्रवालले काठमाडौंको कान्तिपथ र दरबारमार्गमा मदिरा बिक्री–वितरण गर्दै आएका थिए।

प्रकाशित: ९ फाल्गुन २०७८ ०८:२८ सोमबार

ग्रिनलाइन सेन्टर प्रालिका सञ्चालक अमित अग्रवाल पक्राउ काठमाडौंको कान्तिपथ र दरबारमार्गमा मदिरा बिक्री–वितरण