समाज

जबरजस्ती करणीका फरार अभियुक्त १० वर्षपछि पक्राउ

१० वर्षपछि पक्राउ फरार अभियुक्त। तस्बिरः महेश्वर/नागरिक

cजबरजस्ती गरेको अभियोगमा ०६८ असार ५ गते जिल्ला अदालत उदयपुरले दोषी करार गरी ५ वर्ष कैद सजाय सुनाए पनि भाग्दै आएका त्रियुगा नगरपालिका १३ असारीका सुब्बे भन्ने सुवास रार्ई भक्तपुरबाट पक्राउ परेका हुन्।  

अदालतबाट बिभिन्न मितिमा कैद तथा जरिवाना सजायको फैसला भए पनि भाग्दै आएका अभियुक्तहरुलाई पक्राउ गरी असुल उपर गर्ने अभियान अन्तर्गत खोजी गर्ने क्रममा उनी भक्तपुरमा लुकिछिपी बसेको सुराकीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।  

४२ वर्षीय अभियुक्त राईलाई पुनराबेदन अदालत राजबिराजले मिति २०६९ जेठ १ गतेको फैसलामा पनि जिल्ला अदालतकै फैसलालाई सदर हुने ठहरेको प्रहरी भनाई छ। फरारलाई खोजी तथा पक्राउ गर्ने अभियानको क्रममा राई भक्तपुर सुर्य बिनायक क्षेत्रमा बिगत १० वर्षदेखि लुकिछीपी बस्दै आएको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटेको विशेष टोलीले फेला पारी पक्राउ गरेको जनाएको छ।  

सोमबार सदरमुकाम गाईघाट ल्याईपु¥याइएका उनलाई जिल्ला प्रहरी कार्यालयले फैसला कार्यान्वयन गर्न भन्दै सोमबारै उदयपुर जिल्ला अदालतलाई बुझाएको प्रहरी प्रमुख एसपी सुभासचन्द्र बोहराले बताए। प्रहरीले बुझाएलगत्तै जिल्ला अदालतले पनि प्रतिबादी राईलाई कैद भुक्तानका लागि कारागार चलान गरेको जनाएको छ।

प्रकाशित: ७ फाल्गुन २०७८ १४:१७ शनिबार