समाज

स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु

मोरङको उर्लाबारीमा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। उर्लाबारी–मधुमल्ला सडक खण्डमा बिहीबार साँझ स्कुल बसले ठक्कर दिँदा मिक्लाजुङ गाउँपालिका–३ का ५६ वर्षीय भक्तबहादुर श्रेष्ठको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।

दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको बा १ क ५६०९ नम्बरको पशुपति इङ्लिस बोर्डिङ स्कुलको बसले उर्लाबारी नगरपालिका–१ मा दिउँसो साढे ४ बजेतिर ठक्कर दिइ घाइते भएका थिए। घाइते श्रेष्ठको उपचारका क्रममा साँझ पौने ७ बजेतिर झापाको विर्तामोडस्थित बि एन्ड सी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

पदैल हिँडेका श्रेष्ठलाई बसले ठक्कर दिँदा शरीरका विभिन्न भागमा चोट लागेका र उर्लाबारी उपचार हुन नसकेपछि थप उपचारका लागि विर्तामोड लगिएको हो। बस र चालक उर्लाबारी–४ का ६० वर्षीय हरिराज भट्टराईलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ।

प्रकाशित: ६ फाल्गुन २०७८ ०६:०४ शुक्रबार

मोरङको उर्लाबारी