समाज

रौतहटमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

रौतहटको दुर्गाभगवती गाँउपालिका–२ कर्बोलमा बिहीबार बेलुकी भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  

पिप्राबाट सुकदेवचोकतर्फ जाँदै गरेको ना २ त ८६०५ नम्बरको ट्रयाक्टरले बिपरित दिशाबाट आँउदै गरेको भारतीय नम्बरको मोटरसाईकललाई बिहीबार बेलुकी साढे ७ बजे ठक्कर दिएको थियो।  

गम्भीर घाइते भएका मोटरसाईकल चालकको जिल्ला सरकारी अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो। मृतकको सनाखत हुन बाँकी रहेको छ।  

दुर्घटना पश्चात ट्रयाक्टर चालक फरार रहेकाले खोजी भईरहेको ईलाका प्रहरी कार्यालय गंगापिपरा रौतहटले जानकारी दिएको छ।

प्रकाशित: ६ फाल्गुन २०७८ ०५:४१ शुक्रबार

रौतहटको दुर्गाभगवती गाँउपालिका सवारी दुर्घटना