समाज

कर्तव्य ज्यान मुद्दाका आरोपी ३७ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दाका आरोपीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ३७ वर्षपछि हिजाे पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ललितपुरको साविक चापागाउँ गाविस हाल गोदावरी नगरपालिका–१० बस्ने सुनबहादुर तामाङ रहेका छन्।  

उनीमाथि विसं २०४१ सालमा सोही ठाउँका कान्छो भन्ने गणेशबहादुर नगरकोटीलाई कर्तव्य गरी मारेको आरोप छ । ललितपुर जिल्ला अदालतबाट विसं २०४४ मा साविक मुलुकी ऐन, अदालती बन्दोबस्तको महल १९० बमोजिम उक्त मुद्दा मुल्तबीमा रहने गरी फैसला भएको थियो।

 फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास एवं पक्राउका लागि ब्यूरोबाट परिचालित टोलीले तामाङलाई आज ललितपुरको सल्यानगाउँबाट पक्राउ गरी ललितपुर जिल्ला अदालतमा पेश गरेको जनाएको छ। रासस

प्रकाशित: ५ फाल्गुन २०७८ ०२:२६ बिहीबार

कर्तव्य ज्यान मुद्दा केन्द्रीय अनुसन्धान ब्यूरो