समाज

बर्दियामा दुर्घटना हुँदा एकको मृत्यु

जेसीबीमा मोटरसाइकल ठोकिदाँ एकको मृत्यु भएको छ। ठाकुरबाबा नगरपालिका–९ का २३ वर्षिय धनबहादुर चौधरीको आइतबार साँझ मृत्यु भएको हो। 

बारबर्दिया नगरपालिका–८ रम्बापुरस्थित राजमार्गमा रोकी राखेको अनटेष्ट लेखिएको जेसिबीमा कर्णाली प्रदेश २ –००१ प २४६१ नम्बरको मोटरसाइकल ठोकिदाँ मोटरसाइकलमा सवार चौधरीको मृत्यु भएको छ। मोटरसाईकल चालक मंगल शाही गम्भिर घाईते भएका छन्। 

घाईते शाहीको मेडिकल कलेज कोहलपुरमा उपचार भईरहेको छ। जेसिबी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: २ फाल्गुन २०७८ १०:१३ सोमबार