समाज

कपिलवस्तुमा हात्तीपाइले रोगीको अवस्था पत्ता लगाउन फेरि सर्वे हुने

कपिलवस्तुमा विगत १२ वर्षदेखि खारेजी रहेको हात्तीपाइले रोग निवारणको अभियान असफल भए पछि सो रोगको अवस्था पत्ता लगाउन फेरी सर्वे गरिने भएको छ। किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडाले तौलिहवामा राखेको हात्तीपाइले रोग निवारण सम्बन्धी रि प्रि टेस्ट सर्वे कार्यक्रमको जिल्ला स्तरीय अभिमुखीकरणमा सो जानकारी गराइएको हो।

तालिम केन्द्रका निर्देशक रविचन्द्र घिमिरेले कपिलवस्तुका २ पालिकाका ६ सय जनामा नमुना परीक्षण गरिने बताए। हात्तीपाइले रोगी बढी रहेको २ पालिकाको ६ सय जनामा सो सर्वे गर्न लागिएको हो।  क्षेत्र महाराजगञ्ज नगरपालिका वडा नम्बर १ मा ३ सय र कृष्णनगर नगरपालिका वडा नम्बर ८ र ९ मा ३ सय जनामा सर्वे गरिने निर्देशक घिमिरेले बताए।

हात्तीपाइले रोगको औषधी सेवाको अवस्था पत्ता लगाउन चेक स्पोर्ट साईड लगायतका कुराहरुको सर्वे गरिनेछ। उनले विगत १२ वर्ष देखि कपिलवस्तुमा हात्तीपाइले रोग निवारणको महाअभियान चले पनि अझै सम्म ससाढे १२ प्रतिशत बढीमा रोगको जीवाणु फेला परेको बताए। हात्तीपाइले रोगविरुद्धको औषधि ५ बर्ष सेवन गरे यो रोगबाट बच्न सकिन्छ।

उनले सबै सरोकारवलाले रोग निवारणका लागि साथ नदिए सम्म कपिलवस्तुबाट हात्तीपाइले रोगको निवारण हुन गाह्रो  हुने बताए। प्रजिअ चक्रपाणी पाण्डेयले हात्तीपाइले रोग निवारणका लागि सबैले ईमान्दारी पूर्वक औषधी सेवन गर्नुपर्ने बताए। उनले रोगविरुद्धको अभियानमा सबैले सहयोग गर्नुपर्ने बताए।

स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेयले अभियानमा पालिकाले पनि साथ दिनुपर्ने बताए। उनले सबैले ईमान्दारी पूर्वक औषधि सेवन गर्न आग्रह गरे। विगत २०६४ देखि लगातार अभियान संचालन गरिएका छन्। तर हात्तीपाइलेका रोगीहरुको संख्या भने घटेका छैनन्। २०२० भित्र हात्तीपाइले  रोगीको संख्या १ प्रतिशत भन्दा कममा झर्ने सरकारी योजना थियो। 

तर अझै सो रोगको निवारण हुन सकेको छैन। हात्तीपाइले उच्चेरिया बाक्रोफटी नामको परजीवीबाट लाग्दछ। यो परजीवी एक ब्यक्तिबाट अर्कोमा लामखुट्टेको टोकाइबाट सर्दछ। यो रोगविरुद्ध एडबेन्डाजोल र डिईस नामक औषधि दिइन र यो पूर्णतया सुरक्षित हुने स्वास्थ्यकर्मी बताउँछन्।

प्रकाशित: २९ माघ २०७८ ०९:२७ शनिबार

हात्तीपाइले रोग निवारण कपिलवस्तु