समाज

कोरोनाका कारण भेरी अस्पतालमा थप एक जनाको ज्यान गयो

कोरोना संक्रमणबाट बाँकेमा थप एक जनाको ज्यान गएको छ। भेरी अस्पतालमा उपचारका क्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ निवासी ८४ वर्षीय पुरुषको ज्यान गएको हो।  

यही माघ १८ गते भेरी अस्पतालमा पिसिआर परिक्षण गर्दा उनलाई कोरोना संक्रमण पुष्टी भएको थियो। कोरोना पुष्टी भएपछि भोलीपल्ट उनी भेरी अस्पतालमा भर्ना भएका थिए। स्वास्थ्यमा कुनै सुधार नआएपछि गए राती साढे १० बजेतिर ज्यान गएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए।

ज्यान गुमाएका वृद्धले कोभिड सिल्डको दुबै मात्रा खोप पनि लगाएको उनले बताए। योसंगै बाँकेमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ सय ५० पुगेको छ। यस्तै बाँकेमा उपचारका लागि बाहिरी जिल्लाबाट आएका चार सय ४४ जनाको ज्यान गएको छ । 

प्रकाशित: २९ माघ २०७८ ०६:५३ शनिबार

कोरोना संक्रमण नेपालगन्जस्थित भेरी अस्पताल