समाज

केही दिनदेखी बालकुमारी मन्दिरबाट हराएको मूर्ति भेटिएपछि खुसीयाली

फाइल तस्बिर

केही दिनदेखी सुनाकोठीको बालकुमारी मन्दिरबाट हराएको मूर्ति भेटिएको छ। ललितपुर महानगरपालिका वडा नम्बर २७ सुनाकोठीको बालकुमारी मन्दिरबाट गएको माघ ९ गतेदेखि हराएको मूर्ति प्रहरीले खुमलटारस्थित करुणा मन्दिरमा मूर्ति फेला पारेर आज बिहान जावलाखेल ल्याएको थियो।

आज बिहान स्थानीयले क्लासिक टावर पछाडिको मन्दिरमा बोरामा प्याक गरेको अवस्थामा शंकास्पद वस्तु भेटिएको भन्दै प्रहरीलाई खबर गरेका थिए। बालकुमारी माईको मूर्ति भेटिएपछि प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय र प्रहरी परिसर प्रमुख एसएसपी यज्ञविनोद पोखरेल लगायत हात्तीवन पुगेका थिए। 

प्रहरीले गुठीका प्रतिनिधिहरुलाई मूर्ति हस्तान्तरण गरेपछि स्थानीयले बाजागाजा र अबिर लगाइदिंदै खुसी साटासाट गरी बाजागाजा सहित सिन्दुर जात्रा गरेका छन्। पित्तलबाट बनाइएको दुई फिट अग्लो र डेढ फिट चौडाइको बालकुमारीको मूर्ति यही माघ ९ गते चोरी भएको थियो।

प्रकाशित: २८ माघ २०७८ ०६:४५ शुक्रबार

सुनाकोठीको बालकुमारी मन्दिर