समाज

अवरुद्ध सहिदमार्गको रिका खण्ड पुनः सञ्चालनमा

गतसातादेखि हिमपातको कारण अवरुद्ध सहिदमार्ग सञ्चालनमा आएको छ।

जिल्लाको पुथाउत्तरगङ्गा र भूमे गाउँपालिकाको सिमानामा पर्ने सो सडकको रिका खण्ड बिहीबारबाट सञ्चालन भएको हो। जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी नायब उपरीक्षक गणेशबहादुर श्रेष्ठले अवरुद्ध सहिदमार्ग पुनः सञ्चालन आएको  जानकारी दिए।

वर्षेनी हिमपातका कारण सहिदमार्गको सो खण्डमा सडक अवरुद्ध हुने गर्छ। हिमपातकै कारण अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको लुकुम–पातीहाल्ना खण्ड भने अझै सञ्चालनमा आउन सकेको छैन। रासस

प्रकाशित: २८ माघ २०७८ ०५:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App