समाज

स्कुले विद्यार्थीलाई एक हजार बढी थान स्वेटर वितरण

हजुरलाई नमस्ते परोपकारी संस्था काठमाडौंले काभ्रेको दुई गाविसमा रहेका १४ वटा विद्यालयका विद्यार्थीलाई एक कार्यक्रम गरी न्यानो कपडा स्वेटर वितरण गरेको छ।

काभ्रेको भुम्लु चौबास सापिङ्ग र सिम्थलीको गुफाडाडासहित एउटा उच्च माबि, दुईवटा मावि, एउटा निमाविसहित १४ वटा विद्यालयका एक हजार ७० जना विद्यार्थीलाई स्वेटर वितरण गरिएको जनाइएको छ।

हजुरलाई नमस्ते परोपकारी संस्थाका संयोजक समाजसेवी ताराबहादुर कुँंवरले विभिन्न दाताहरुबाट प्राप्त स्वेटर ससाना विद्यार्थीलाई सहयोगस्वरुप निःशुल्क रुपमा वितरण गरिएको जानकारी गराए। विद्यार्थीका साथै ती स्कुलमा कार्यरत कार्यालय सहयोगीहरुलाईसमेत स्वेटर वितरण गरिएको उनले जनाए।

स्वेटर वितरणका लागि समाजसेवी कुँंवरसहित, सलिना कुँवर, फल्गुण कुँवर देबिका थापालगायतका टोली त्यसतर्फ पुगेर स्वेटर वितरण गरिएको हो। काठमाडौं बाफलमा घर भएका समाजसेवी कुँंवरले आफनो जन्मस्थानमा पुगेर उक्त सहयोग गरेका हुन्।

यसअघि पनि उनले त्यहाँंका स्कुल तथा विद्यार्थीलाई विभिन्न रुपमा सहयोग गरिरहेका थिए। समाजसेवी कुँंवरले हजुरलाई नमस्ते परोपकारी संस्था खोलेर निरन्तर सहयोगको काम गर्दै आएका छन्।

प्रकाशित: २७ माघ २०७८ ११:२० बिहीबार

हजुरलाई नमस्ते परोपकारी संस्था काठमाडौं ताराबहादुर कुँंवर