समाज

जग्गा दाता दम्पत्तिको विद्यालयमा सालिक अनावरण

सर्लाहीको एक विद्यालयलाई जमिन उपलब्ध गराउने दम्पत्तिको सालिक निर्माण गरिएको छ। सर्लाहीको हरिवन नगरपालिका–४ सासापुरमा सञ्चालित श्रीमती माइरानी मिक्चन माध्यमिक विद्यालयलाई जमिन उपलब्ध गराउने मिक्चन दम्पत्तिको सालिक अनावरण गरिएको हो।

विद्यालय परिसरमा स्थापित जग्गा दाता दम्पत्ति जरसिंह मिक्चन र श्रीमती माइरानी मिक्चनका साथै विद्यालयमै स्थापित सरस्वती प्रतिमाको अनावरण एक समारोहबीच हरिवन नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज निरौलाले गरेका छन्।

विद्यालय निर्माणको लागि जमिन उपलब्ध गराउने मिक्चन दम्पत्तिका छोरीहरुले विद्यालय परिसरमा मातापिताको सालिका साथै सरस्वती प्रतिमा प्रतिमा उपलब्ध गराएका हुन्। सालिक र प्रतिमा अनावरणको अवसरमा विद्यालयका शिक्षक, अभिभावक, स्थानीय बुद्धिजीवी तथा स्थानीयबासीको उपस्थिति रहेको थियो।

प्रकाशित: २७ माघ २०७८ ०७:१३ बिहीबार

सर्लाहीको हरिवन नगरपालिका