समाज

सिन्धुपाल्चोकमा खुकुरी प्रहार गरी दुईको हत्या

बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङमा खुकुरी प्रहारबाट दुईजनाको हत्या भएको छ। आइतबार साँझ सो स्थानका विजय तामाङले मादक पदार्थ सेवन गरी स्थानीयवासी ७० वर्षीया वासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

अभियुक्त विजयलाई प्रहरीले नियन्त्रणमा लिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक  राजन अधिकारीले जानकारी दिए। उनले  घटनाको थप अनुसन्धान भइरहेको बताए ।

प्रकाशित: २४ माघ २०७८ ०२:०० सोमबार

बलेफी गाउँपालिका खुकुरी प्रहार दुईजनाको हत्या