समाज

फेसबुकका दैनिक प्रयोगकर्ता घटे

सामाजिक सञ्जाल फेसबुकका दैनिक प्रयोगकर्ताको संख्या घट्न थालेको छ। १८ वर्षको इतिहासमा पहिलो पटक फेसबुक प्रयोगकर्ताको संख्यामा ह्रास आएको बिबिसीले जनाएको छ।

फेसबुक स्वामित्वमा रहेको कम्पनी मेटा प्लेटफर्म्सका अनुसार गत डिसेम्बर अन्तसम्मको तीन महिनाको अवधिमा जम्मा १ अर्ब ९२ करोड प्रयोगकर्ताले फेसबुक प्रयोग गरेका थिए। त्यो अवधिको तीन महिनाअघि यो संख्या १ अर्ब ९३ करोड थियो।

प्रतिस्पर्धी कम्पनी युटुब र टिकटकले टक्कर दिएका कारण आम्दानीमा समेत ह्रास आउन सक्ने कम्पनीले जनाएको छ। यी सामाजिक सञ्जालमा विज्ञापनकर्ताले विज्ञापन गर्ने दरमा लगातार कमी आएको छ।

मेटा प्लेटफर्मसको सेयर मूल्यमा समेत २० प्रतिशतले कमी आएको छ। त्यसो त ट्विटर, स्नाप, पिनटेरेस्ट जस्ता अन्य सामाजिक सञ्जालको सेयर मूल्यमा पनि गिरावट आएको छ। फेसबुका प्रमुख कार्यकारी मार्क जुगरबर्गले युवा प्रयोगकर्ताले अन्य प्रतिस्पर्धी सामाजिक सञ्जालको बढी प्रयोग गर्न थालेकाले कम्पनीको आय प्रभावित भएको बताएका छन्।

प्रकाशित: २३ माघ २०७८ ०२:५६ आइतबार

सामाजिक सञ्जाल मार्क जुगरबर्ग फेसबुका प्रमुख कार्यकारी