समाज

व्यासद्वारा विधेयक पारित

व्यास नगरपालिकाको शुक्रबार सम्पन्न ३६ औँ नगर सभाले चार विधेयक र तीन संशोधन ऐन पारित गरेको छ।

स्थानीय बजार व्यवस्थापन विधेयक २०७८, व्यास नगरपालिका सुशासन विधेयक २०७८, खेलकुद विकास विधेयक, २०७८ र कर्मचारी कल्याण कोष सञ्चालन (कार्यविधि) विधेयक २०७८(पारित) गरेको हो।

त्यसैगरी, आर्थिक ऐन २०७८, विनियोजन ऐन २०७८, व्यास नगरपालिका कर्मचारी सेवा व्यवस्थापन गर्न बनेको ऐन २०७८(संशोधन)  गरेको छ। आव २०७८/०७९ को लागि ३५ औँ नगर सभामा नगर प्रमुख बैकुण्ठ न्यौपानेबाट प्रस्तुत नीति तथा  कार्यक्रम र समिक्षात्मक प्रतिवेदन संशोधन सहित पारित गरेको छ।

आव २०७८र०७९ का लागि उपप्रमुख मीरा जोशीबाट प्रस्तुत रु।एक अर्ब ७७ करोड ८९ लाख १२ हजारको संशोधित वजेट तथा कार्यक्रम संशोधन सहित पारित गरिएको छ।

प्रकाशित: २२ माघ २०७८ ०५:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App