समाज

चट्याङ लागेर दुईको मृत्यु

चट्याङ लागेर सुर्खेत र सल्यानमा दुई महिलाको मृत्यु भएको छ। सुर्खेतको भेरीगंगा नगरपालिका र सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा एक–एक जना महिलाको मृत्यु भएको हो।  

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार भेरीगंगा नगरपालिका–११ चिंगाडी टोलकी ३३ वर्षीया नोखीसरा खत्रीको मृत्यु भएको छ। बिहीबार बेलुका साढे छ बजेतिर चट्याङ लागेर घाइते भएकी खत्रीको उपचारको क्रममा मेहलकुना अस्पतालमा साढे सात बजेतिर मृत्यु भएको हो।  

यस्तै सल्यानको बनगाड कुपिण्डे नगरपालिका–७ लामासराकी ४० वर्षीया रामकला कामीको चट्याङ लागेर मृत्यु भएको छ। बिहीबार राति चट्याङ लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

प्रकाशित: २१ माघ २०७८ ०५:२४ शुक्रबार