समाज

राप्रपा नेता केसीको निधन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता मोहनसिंह केसीको निधन भएको छ। नेपालगन्ज निवासी ७८ वर्षीय केसीको उपचारका क्रममा बिहीबार बिहान निधन भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा भर्ना गरिएको थियो।

परिवारका अनुसार राप्रपा नेता केसीलाई लामो समयदेखी मधुमेह, रक्तचाप, मृगौला लगायत समस्या देखा परेको थियो। केसी राप्रपा बाँकेको पुर्वअध्यक्ष तथा पुर्वकेन्द्रीय सदस्य थिए। उनको पार्थिव शरिरमा राप्रपा महामन्त्री डा. धवलसम्शेर राणा, सहायक महामन्त्री ऋषिराज देवकोटा, जिल्ला अध्यक्ष नरेन्द्र पौडेल लगायतले पार्टीको झण्डा ओढाउँदै अन्तिम श्रद्धाञ्जली दिएका छन्।

केसीको निधनप्रति दुःख व्यक्त गर्दै राप्रपा लगायत विभिन्न दलका नेता, कार्यकर्ता, आफन्त, शुभेच्छुक लगायतले श्रद्धाञ्जली ब्यक्त गरेका छन्।  राप्रपा महामन्त्री राणा, सहायक महामन्त्री देवकोटा र जिल्ला अध्यक्ष पौडेलले पनि केसीको निधनप्रति दुःख ब्यक्त गर्दै एक राष्ट्रवादी, निष्ठावान र असल नेता गुमाएको तथा पार्टीलाई अपुरणीय क्षति भएको बताएका छन्। स्वर्गिय केसीको बिहीबार नै धार्मिक विधिपुर्वक बाँकेको सिधनियाघाटमा अन्त्यष्टी गरिएको छ।

प्रकाशित: २० माघ २०७८ १०:०० बिहीबार