समाज

विद्युत् ट्रान्सर्फमर चोरी बढ्यो

कपिलवस्तुमा विद्युत् ट्रान्सर्फर चोरीको घटना बढेका छन। जिल्लाको ग्रामीण भेगमा भोल्टेज व्यवस्थापनकालागि जडान गरिएका ट्रान्सफर्मरहरू धमाधम चोरी भएका हुन्।

पेसेवर चोरहरूले रातिको सयममा धमाधम ट्रान्र्फमर चोरेर लगेपछि जिल्लाका तौलिहवा र कृष्णनर वितरण केन्दलाई जडान गरिएका ट्रान्र्फमर जोगाउन ठूलो चुनौती बनेको छ। विगत ३ महिनाभित्र प्राधिकरण तौलिहवा वितरण केन्द्रको मातहतमा पर्ने चारवटा ट्रान्सर्फमर चोरी भएको वितरण केन्द्रका प्रमुख राजेश झाले बताए।

यस्तै १५ दिनभित्र कृष्णनगर वितरण केन्द्रका मातहतमा रहेका ४ वटा ट्रान्सर्फर चोरी भएको वितरण केन्द्रका प्रमुख कमर आलम खाले बताए। चोरी भएका ट्रान्सर्फर २५ देखि सय केबिए क्षमता र अधिकांश सिँचाइ प्रयोजनका लागि जडान गरिएको थिए।

तौलिहवा वितरण केन्द्रको मातहतमा वाणगंगा नगरपालिका वडा नम्बर ११ बरवा, वडा नम्बर १० करैलिया, शुद्धोदन गाउँपालिका–६ कर्मा, मायादेवी गाउँपालिका वडा नम्बर ४ वनकसिया र ४ पिपराका रहेका छन्। यस्ते तौलिहवा वितरण केन्द्रका कपिलवस्तु नगरपालिका–८ भगवानपुर–९ जगदीशपुर बुद्धभूमि नगरपालिका–१० पिपराहवामा ट्रान्सफर्मर चोरी भएका छन्।

यस्तै कृष्णनगर नगरपालिका अन्तर्गत बुद्धभूमि नगरपालिका–८ भुसिया, विजयनगर–४ मैनारीलगायत ४ स्थानका ट्रान्र्फमर १५ दिनभित्र चोरिएका छन्। विद्युत् प्रातिधिकका अनुसार ट्रान्सर्फर भित्र रहेको तामा चोरहरूले चोरेर लाने गरेका हुन्। ट्रान्सफर्मरभित्र तामाको मात्रा अधिक हुने र तामाप्रति किलो १५ सय देखि २ हजारसम्म बिक्रिी हुने गरेकाले ट्रान्सर्फर चोरहरूको निसानामा पर्ने गरेको छ।

सय केबिएको ट्रान्सर्फरमा ६० देखि ७० किलोेसम्म तामा रहने गर्छ। चोरहरूले तारलाई सर्ट गरी फ्युज गराएर ट्रान्सर्फरबाट तामा चोरेर लाने गरेका छन्। पेसेबर चोरहरूले नै ट्रान्सर्फर चोरी गरेर लान गरेको तौलिहवा वितरण केन्द्रका प्रमुख झाले बताए। खासगरी ग्रमीण भेगको एकान्त ठाउमा रहेका ट्रान्सर्फर चोरिने गरेको उनले बताए। उनले ग्रामीण भेगका ट्रान्सर्फर जागाउनै मुस्किल परेको उनले बताए।

‘सबैले रेखदेख र अपनत्व नलिएसम्म यो समस्या समाधान गर्न गाह्रो छ,’ उनले भने। प्रहरी प्रशासनले यस्ता चोरहरूको खोजी गरी कडा कारबाही गर्न जरुरी रहेको उनले बताए। स्थानीयले सतर्कता अपनाउनुपर्ने उनले बताए।

ट्रान्सर्फर चोरी रोक्न आफूहरूले ट्रान्सर्फरमा प्लेट राखेर जाडन गर्ने अभियान थालेको उनले बताए। उता प्राधिकरण कृष्णनगर वितरण केन्द्रका प्रमुख आलमले ट्रान्सर्फर चोरी रोक्न स्थानीयले निगरानी बढाउनुपर्ने बताए। उनले घरनजिकै ट्रान्सर्फर राख्नुपर्ने र सजग रहनुपर्ने बताए।

उनले ट्रान्र्फमर र विद्यत् चुहावट चोरी रोक्न आफूहरूले गाउँगाउँमा माइकिङ अभियान चलाएको बताए। दुवै वितरण केन्द्रले चोरिएको ट्रान्फर्मरको विवरण प्राधिकरणको प्रदेश कार्यालय बुटवलमा पठाएका छन्।

प्रकाशित: १९ माघ २०७८ ०७:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App