समाज

राम मन्दिरमा सरसफाई

सरसफाई गर्दै सशस्त्र प्रहरीको टोली। तस्बिरः गोविन्द/नागरिक

वीरेन्द्रनगर –६ स्थित राम मन्दिर परिसरमा सरसफाई कार्यक्रम गरिएको छ। सशस्त्र प्रहरी र वीरेन्द्रनगरपालिकाका कर्मचारीहरुले राम मन्दिरमा सरसफाई गरेको हुन्।  

सुर्खेतस्थित सशस्त्र प्रहरीको रक्तकाली गणबाट १५ जना र वीरेन्द्रनगर नगरपालिकाका १० जना कर्मचारीहरुले संयूक्त रुपमा मन्दिर सरसफाई गरेको हुन्। 

वीरेन्द्रनगरको विच भागमा रहेको राम मन्दिर वरपर सरसफाईमा सशस्त्र प्रहरीले सहयोग गरेको रक्तकाली गणका गणपती विमल डाँगीले बताए।  

मन्दिर क्षेत्र फोहोर भएपछि नगरपालिकाको आग्रहमा सरसफाई भएको थियो। सुर्खेतमा सशस्त्र प्रहरीले स्थानीय तह र नागरिकसंग सहकार्य गरेर पछिल्लो समय सामाजिक कार्यमा अग्रणी भुमिका खेलेको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले बताए।

प्रकाशित: १७ माघ २०७८ १२:२३ सोमबार