समाज

ट्र्याक्टर दुर्घटनामा दुईजना बेपत्ता

छेडागाड नगरपालिका–१३ दमाचौरमा ट्र्याक्टर दुर्घटना हुँदा दुईजना बेपत्ता भएका छन्। भेरी नगरपालिका–१२ कुदुबाट छेडाचौरतर्फ जाँदै गरेको भे३त १४९५ नंको ट्र्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटको सञ्चार शाखाले जानकारी दिएको छ।

सञ्चार शाखाकाअनुसार अन्दाजी सडकबाट अन्दाजी ५५ मिटर तल भेरी नदीमा ट्र्याक्टर खसेको थियो। सोमबार बेलुकी साढे ६ बजेतिर ट्र्याक्टर दुर्घटनामा परेको शाखाको भनाइ छ। स्थानीयवासीका अनुसार सडकबाट ट्र्याक्टर खसेको थियो।

दुर्घटनास्थलमा ट्र्याक्टरसमेत भेटिएको छ। ट्र्याक्टर धनीकाअनुसार चालक र सहचालक सवार रहेका थिए। चालक र सहचालक बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। घटनाका विषयमा प्रहरी टोली सोही ठाउँमा खटिई अनुसन्धान गरिरहेको छ। 

प्रकाशित: १२ माघ २०७८ ००:४४ बुधबार

छेडागाड नगरपालिका चितवन ट्र्याक्टर दुर्घटना दुईजना बेपत्ता