समाज

सितलहरले समस्या भोगेका ९० जना बालबालिकालाई स्वीटर

केही दिनदेखि बढेको सितलहरले गर्दा समस्या भोग्दै आएका सुनसरी इनरुवाका ९० जना बालबालिकालाई स्वीटर प्रदान गरिएको छ। हिन्दु स्वयम् सेवक संघ नेपालले इनरुवा नगरपालिका वडा नं. ३ कंशमरान मुसहरी टोलका बालबालिकालाई स्वीटर वितरण गरेको हो।

आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकालाई सितलहरबाट बचाउनका लागि स्वीटर वितरण गरिएको हो। जाडो बढ्दै गएको र कोरोना महामारीका बेला मुसहर बस्तीमा बालबालिकालाई कुनै समस्या सृजना नहोस् भन्ने उद्देश्यले स्वीटर प्रदान गरिएको हिन्दु स्वयम् सेवक संघ इनरुवका अध्यक्ष राजकुमार मेहताले बताए।  

‘सितलहर बढ्दै गएको र दलित बस्तीका बालबालिकालाई कुनै समस्या हुन नदिनका लागि स्वीटर प्रदान गरिएको हो,’ मेहताले भने।

प्रकाशित: १० माघ २०७८ १३:५५ सोमबार