समाज

लडेर एकको मृत्यु

मोरङको केराबारी गाउँपालिकामा बाँस झ्याङबाट लडेर शुक्रबार एक जनाको मृत्यु भएको छ। केराबारी गाउँपालिका–७ का ४३ वर्षीय ढकबहादुर राईको मृत्यु भएको हो।

स्थानीय टंक बस्नेतको बाँस झ्याङमा काटेको बाँस बाहिर निकाल्ने क्रममा चिप्लिएर लडेका राईको घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।  

बाँस झ्याङ रहेको भिरालो जमिनबाट उनी लडेका थिए। शव पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ। प्रहरीले घटनाका बारेमा अनुसन्धान थाले प्रहरीले जनाएको छ।

प्रकाशित: ७ माघ २०७८ ११:५६ शुक्रबार