समाज

ताप्लेजुङको मेरिङ्देनमा ट्रयाक्टर दुर्घटनाः एकको मृत्यु, २ घाइते

ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाको साक्फारा भन्ने स्थानमा बिहीबार भएको ट्रयाक्टर दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ। दुई जना गम्भीर घाइते भएका छन्।

मे१त७४६१ नम्बरको ट्रयाक्टर हुँदा मेरिङ्देन गाउँपालिका वडा नं १ थिङ्लाबु बस्ने निमा शेर्पाको घटनास्थलमै मृत्यु भएको सोहि वडाका वडाध्यक्ष निमातेम्बा शेर्पाले जानकारी दिए। घटनामा परी २ जना गम्भीर घाइते भएका छन्।

घाइतेलाई उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पताल पठाइएको समेत वडाध्यक्ष शेर्पाले जानकारी दिए। दुर्घटनाको कारण खुलेको छैन।

प्रकाशित: ६ माघ २०७८ १२:०८ बिहीबार