समाज

नारायणहिटीभित्र महायज्ञ हुने

काठमाडौको नारायणहिटी संग्राहलयभित्र महायज्ञ गरिने भएको छ। बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी माघ १९ गते बुधबारदेखि २९ गते शनिबारसम्म हुने जनाइएको छ।

श्री सती श्राप मोक्ष धाम झापा र हजूरलाई नमस्ते परोपकारी अभियान काठमाडौको संयुक्त आयोजनामा महायज्ञ गर्न लागिएको हो। महायज्ञ सफलतापूर्वक सम्पन्न गर्न ताराबहादुर कुँंवरको अध्यक्षतामा महायज्ञ आयोजक मुल समारोह समिति गठन गरिएको छ।

समितिका संयोजक कुँंवरले महायज्ञ संग्राहलयभित्रको तत्कालीन राजा महेन्द्रले कोटी होम गर्न लगाएको ठाउँंमै हुने जानकारी गराए। देशमा शान्ति सुव्यवस्था, अमन चयन, विभिन्न धर्म संकटबाट मुक्ति गराउने उद्देश्यका साथ महायज्ञ गर्न लागेको कुँंवरले बताए।  

महायज्ञको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुने कार्यक्रम तय गरिएको छ। महायज्ञको समापन प्रधानमन्त्री शेरबहादुर देउवाबाट हुने जनाइएको छ। महायज्ञमा पूर्व राजा ज्ञानेन्द्र, विभिन्न राजनीतिक दलका शीर्षस्थ नेताहरुलाई आमन्त्रण गरिएको जनाइएको छ।

महायज्ञमा सम्पूर्ण सर्वसाधारणलाई भने प्रवेश छैन। एक वर्षभित्र मातापिता, आफन्त वितेका सर्वसाधारणका लागि मात्रै महायज्ञभित्र प्रवेश हुन पाउने जनाइएको छ।  

समाजसेवी दिलबिकाश राजभण्डारी, संहिताशास्त्री अर्जुनप्रसाद बाँंस्तोला, युगप्रसाद धमला(हरि), वीरेन्द्रराज दाहाललगायतले कोरोनाको कहरबीच पनि सुरक्षित उपाय अपनाई महायज्ञ गरिने जनाए।

महायज्ञको क्रममा अन्य महायज्ञमा जस्तो कथावाचन, भजनकीर्तन, नाचगान केही पनि नहुने बताए। यस क्रममा दुईदुई मिटरको फरक पारी २१ जना ब्राम्हणहरुबाट होम हाल्ने काम मात्रै हुने जनाइयो। तयारी समितिको आफ्नै खर्चमा महायज्ञ हुन लागेको जनाइयो।

प्रकाशित: ५ माघ २०७८ १४:४५ बुधबार