समाज

‘कलरवाली’ नामले चर्चित बनेकी बघिनीको मृत्यु

संसारको सबैभन्दा बढी पटक तस्बिर खिचिएको बाघको रूपमा चर्चित 'कलरवाली' को मृत्यु भएको छ। भारतको मध्यप्रदेशस्थित पेन्च राष्ट्रिय निकुञ्जमा ‘कलरवाली’ नामबाट चर्चित बघिनीको मृत्यु भएको हो। २९ वटा डमरुलाई जन्म दिएर बाघको संख्या वृद्धिमा ठूलो योगदान पुर्‍याएकी यो बघिनीलाई 'सुपर मम' को ट्याग दिइएको थियो।

१७ वर्षको यो बघिनी तीन–चार दिनदेखि बिरामी रहेको र गत शनिबार पेन्च राष्ट्रिय निकुञ्जमा मृत्यु भएको मध्यप्रदेशस्थित वन विभागले जनाएकाे छ। शनिबार मृत्यु भएको यो बघिनीलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि सयौंको संख्यामा मानिसहरु उपस्थित भएका थिए। बघिनी अन्तिम पटक जनवरी १४ मा देखिएकी थिई। टाइगर रिजर्भले बघिनीको मृत्यु शनिबार साँझ ६:१५मा रहेको जनाएको छ।

यो बघिनीको जन्म पेन्च नेशनल पार्कमा सन् २००५ मा भएको थियो  सन् २००८ मा पहिलो पटक आमा बनेकी उक्त बघिनीले सन् २०११ मा एकैपटक पाँच डमरु जन्माएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। एकै पटक पाँच डमरुको जन्मलाई दुर्लभ मानिन्छ। मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले पनि कलरवालीको निधनमा श्रद्धाञ्जली दिएका छन्।

प्रकाशित: ३ माघ २०७८ ०८:१६ सोमबार