समाज

भरुवा बन्दुकसहित एकजना पक्राउ

मोरङको लेटाङ नगरपालिका–९ स्थित वसन्त हरियाली सामुदायिक वनबाट ३ नाल भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन्।  

मोरङ मिक्लाजुङ गाउँपालिका–५ का ६० वर्षीय इन्द्रबहादुर राईलाई भरुवा बन्दुकसहित पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय प्रवक्ता एसपी नवीनराज राई जानकारी दिए। अस्थाई प्रहरी चौकी जाँतेको प्रहरी टोलीले राईलाई वन क्षेत्रबाट भरुवा बन्दुकसहित पक्राउ गरेको हो।  

राईले भरुवा बन्दुक बाकेर हिँड्दै गर्दा पक्राउ परेको प्रहरीले जनाएको छ। उनको साथबाट लोड भएको भरुवा बन्दुक ३ नाल, बारुद २ डब्बा, गोली १८ थान, छर्रा ५ पोका, खुकुरी १ थान, गेटिस १ थान बरामद भएको एसपी राईले बताए।

पक्राउ परेका राईलाई ईलाका प्रहरी कार्यालय लेटाङमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: ३० पुस २०७८ १३:५५ शुक्रबार