सरकारले ताप्लेजुङ सहित २३ जिल्लामा भूमि आयोगका अध्यक्षहरु नियुक्त गरेको छ। यद्यपी यो नियक्तिलाई राजपत्रमा सूचना भने प्रकाशन गरिएको छैन।
सरकारले गत पुस २१ गतेकै मितिमा भूमि आयोगका अध्यक्षहरु नियुक्ती गर्ने निर्णय लिएको थियो। जस अनुसार ताप्लेजुङमा कृष्णकुमार बस्नेत, पाँचथरमा दिनेशकुमार लावती, इलाममा भरतबहादुर खत्री, उदयपुरमा बलहादुर तामाङ, ओखलढुङ्गामा अशोकुमार कार्की, कञ्चनपुरमा देवेन्द्रराज ढुङ्गाना र डडेल्धुरामा शेरबहादुर भण्डारी भूमि आयोगको जिल्ला अध्यक्ष नियुक्त भएका हुन्।
यस्तै दैलेखमा नयराम थापा, सुर्खेतमा श्रीधर पौडेल, प्युठानमा इमानसिंह खड्का, झापामा तिलकसिंह पाण्डे, सुनसरीमा भगिरथ खात्वे, भोजपुरमा दिलकुमार राई, काभ्रेमा हरिबहादुर केसी, धादिङमा कृष्णप्रसाद अर्याल, गुल्मीमा राम मल्ल ठकुरी, अर्घाखाँचीमा यादव घिमिरे, रुपन्देहीमा हरिबहादुर आचार्य, लमजुङमा दामोदर अधिकारी, बाग्लुङमा धर्मबहादुर कुँवर, कास्कीमा गंगाप्रसाद पोखरेल र तनहुँमा रामचन्द्र अधिकारी भूमि आयोगका अध्यक्ष नियुक्त भएका छन्।
प्रकाशित: ३० पुस २०७८ १२:५७ शुक्रबार