समाज

सत्यतथ्य बुझ्ने प्रयत्न नै नगरी मिडियाबाट आक्रमणः बतास

बतास अर्गनाइजेशनले गत हप्तादेखि आफ्नो कम्पनीविरुद्ध आइरहेको समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

प्रेस विज्ञप्ति जारी गर्दै अर्गनाइजेशनले आएका समाचारहरुमा अर्गनाईजेशनका कुनै पनि जिम्मेवार व्यक्तिहरुलाई आधिकारिकरुपमा सम्पर्क गरेर सत्यरतथ्य बुझ्ने प्रयत्न सञ्चार माध्यमहरुले नगरेको भन्दै प्रेस विज्ञप्ति जारी गरेको जनाएको छ।

विज्ञप्तिमा ‘आम नेपाली नागरिकलाई भ्रामक सूचनाबाट मुक्त राख्दै सही सत्य समाचार पस्कनुपर्ने जिम्मेवारी र दायित्व कतिपय सञ्चार माध्यमले पूरा नगरेको हुनाले सो दायित्व पूरा गर्न यहाँहरुलाई सहज होस् भन्ने उद्देश्यले यो विज्ञप्ति सार्वजनिक गरिएको छ’ भन्दै  कतिपय सञ्चारमाध्यमको पक्षपातपूर्ण हर्कतबाट नेपालका उद्यमी, व्यवसायी पीडित भएको पहिलो घटनासमेत नभएको स्पष्ट पारेको छ।

विज्ञप्तिमा अर्गनाईजेशनले एकांगी, भ्रामक एवं पहिलो दृष्टिमा नै प्रायोजित देखिने समाचार र विशेषगरी गएको हप्तादेखि बतास अर्गनाईजेशनविरुद्ध प्रकाशन, प्रशारण भइरहेको घटनालाई अचम्मको विषयका रुपमा नलिएको समेत जनाएको छ।

‘यो प्रेस विज्ञप्तिमार्फत नेपाली सञ्चार माध्यमहरुलाई पत्रकारिताको पाठ सिकाउने उद्देश्य विल्कुलै होइन। सो रुपमा बुझ्ने वा हाम्रो यो विज्ञप्तिलाई त्यसरी अथ्र्याउने काम नहोला भन्ने हाम्रो ठम्याइ हो’ कम्पनीका अध्यक्ष आनन्दराज बतासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तथापि, पत्रकारिताका आफ्नै मूल्य, मान्यता, नैतिकता र धर्म हुन्छ। कानुनले नै निर्दिष्ट गरिदिएका आचारसंहिता र सीमाहरु छन् भन्ने कुरा स्मरण गराउँदा बतास अर्गनाईजेशनप्रति यहाँहरुले अन्यथा रुपमा लिनुहुने छैन भन्ने हाम्रो विश्वास छ।’

प्रकाशित: २८ पुस २०७८ ०९:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App