समाज

हत्या आरोपमा एक जना पक्राउ

मोरङको लेटाङबाट हत्या आरोपमा १ वृद्ध र धनपालथान गाउँपालिकाबाट लागूऔषधसहित ३ जनासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

मोरङको लेटाङ नगरपालिका–२ स्थित फडानीमा पुस २६ गते सुन्दरहरैँचा नगरपालिका–२ का ५५ वर्षीय प्रेमबहादुर बुढाथोकी हत्या भएको थियो। बुढाथोकीको हत्या आरोपमा लेटाङ–२ का ७० वर्षीय डम्बरबहादुर भुजेललाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ।

पक्राउ परेका भुजेलले बुढाथोकीको टाउको र अनुहारमा बन्चरो प्रहार गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । भुजेललाई कर्तव्य ज्यान कसुरमा मोरङ जिल्ला अदालतबाट म्याद थप गरी घटनाको अनुसन्धान अघि बढाएको डिएसपी श्रेष्ठले बताए।  

त्यसैगरी, धनपालथान गाउँपालिका–२ बाट लागुऔषध गाँजासहित ३ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। डिएसपी श्रेष्ठका अनुसार धनपालथान–२ बरियाती टोलका ४० वर्षीय वसन्त पासवान, सुनसरी धरान नगरपालिका–१६ का ३६ वर्षीय रविन राई र सोही ठाउँका वचन राईलाई गाँजासहित पक्राउ गरिएको हो।

अमाहीबरियाती प्रहरी चौकीको टोलीले उनीहरुको साथबाट ३ केजी १ सय ५ ग्राम गाँजा, नगद २० हजार ५ सय रुपैयाँ र प्रदेश १–०२–०४५ प २६९९ नम्बरको मोटरसाइकल बरामद गरेको छ। पक्राउ परेका ३ जनाविरुद्ध लागुऔषध कसुरमा म्याद थप गरेर अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

प्रकाशित: २७ पुस २०७८ १४:४९ मंगलबार

हत्या आरोप