समाज

पेस्तोलसहित एक जना पक्राउ

महोत्तरी जिल्लाको लोहरपट्टी नगरपालिका ९ स्थित पिपराडीबाट पौष १८ गते सशस्त्र प्रहरीले मेडईन यूएसए लेखेको १ नाल पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २४ वर्षीय मोहमद राजा कवाडी छन्।

उनलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश खुट्टापिपराडीले उक्त पेस्तोल तथा ११ वटा नाईट्रोभेट ट्याब्लेट र १० ग्राम गाँजा समेत फेला पारेको हो। पक्राउ परेका कवाडीलाई बरामद पेस्तोल तथा लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको छ।

प्रकाशित: १९ पुस २०७८ ११:२४ सोमबार

पेस्तोलसहित