समाज

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

दैलेखबाट सुर्खेत आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। भे २ त ११५७ नम्वरको ट्याक्टर विरेन्द्रनगर नगरपालिका ७ कटकुवामा अनियन्त्रित भएर दुर्घटना हुँदा चालक महावु गाउँपालिका ५ का २१ वर्षका भुवन शाहीको मृत्यु भएको हो।

सहचालकसहित अन्य दुई जना सामान्य घाईते भएको ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख उपेन्द्र प्रसाद आर्चायले बताए। अन्य दुई जना ५ सयमिटर माथिबाट चढेका थिए। ट्याक्टर ओरालोमा अनियन्त्रित भएर सडकदेखि तल खसेर दुर्घटना भएको ट्राफिक प्रहरी प्रमुख आर्चायले बताए।

प्रकाशित: १८ पुस २०७८ १५:०३ आइतबार

ट्याक्टर दुर्घटना