समाज

फरार अभियुक्त पक्राउ

लागूऔषध मुद्दामा फरार भएका एकजना पक्राउ परेका छन्। जानकी गाउँपालिका–३, का ३२ वर्षीय रामचरण बर्मा आइतबार पक्राउ परेका हुन्।

बर्मालाई लागू औषध मुद्दामा जिल्ला अदालतको २०७६ पुस २३ गते ९ महिना १४ दिन कैद सजाय तोकेको थियो। त्यसयता उनी फरार थिए।

प्रकाशित: १८ पुस २०७८ १४:५१ आइतबार

लागूऔषध