समाज

हतियारसहित सुनसरीबाट थप एक पक्राउ

साना हतियार निरन्तर भित्रिँदा सुरक्षा चुनौति थपिएको सुनसरीमा थप एक जना पक्राउ परेका छन्। कोशी राजमार्गअन्तर्गत दुहवी वडा नं.३ स्थित सामुदायिक अस्पताल अगाडि प्रहरीले चेकजाँच गर्ने क्रममा एक जनालाई हतियारसहति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।  

प्रहरीका अनुसार शंकास्पद रुपमा पैदल हिँडिरहेका मानिसलाई चेकजाँच गर्दा कम्मरको भागमा कटुवा पेस्तोल फेला परेको हो। इटहरी वडा नं. १२ का काउँ भन्ने ३८ वर्षे सुशील कुमार साहु पेस्तोलसहित पक्राउ परेका हुन्। उनलाई हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा मुद्दा चलाएर अनुसन्धान थालिएको छ।

सोमबार मात्र कोशी गाउँपालिका वडा नं. १ लौकहीबाट  स्वचालित पेस्तोलसहित दुई जना भारतीय नागरिक पक्राउ परेका थिए। प्रहरीको तथ्याङ्क अनुसार जिल्लामा चालू आर्थिक वर्षमा तीनवटा हतियार काण्डमा संलग्नलाई मुद्दा चलाएको छ। 

यस्तै, चार्थिक वर्ष २०७५/०७६ देखि आर्थिक वर्ष २०७७/७८ सम्ममा नौवटा घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ। यहाँ सामान्य विवाद, लेनदेन, जग्गा–जमिन विवादमा समेत अवैध हतियारको प्रयोग र मृत्यु समेत हुने गरेका घटनाले आपराधिक गतिविधी बढ्ने गरेको छ। भारतमा सहज रूपमा र कम मूल्यमा यस्ता हतियार पाउने भएकाले आपराधिक गतिविधिमा संलग्नहरूले भित्र्याउने गरेका छन्।

प्रकाशित: १५ पुस २०७८ १०:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App