समाज

माछा मार्ने प्रहरी हिरासतमा

स्थानीय खोलामा माछा मार्ने पक्राउ परेका छन्। विद्युतिय तार (करेन्ट) लगाएर खोलामा माछा मार्ने ३ जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा स्थानीय गुरासँ गाउँपालिका –४ बस्ने वर्ष ३३ का हर्कबहादुर शाही, २६ वर्षका रमेश पुन  र २६ वर्षको रविन्द्रबहादुर शाही वर्षका रहेका छन्। उनीहरुलाई माछा मार्ने क्रममै पक्राउ गरेको हो।

स्थानीय लोहोरे खोलामा करेन्ट लगाउने क्रममा उनीहरु पक्राउ परेको दैलेख प्रहरी प्रमुख (डिएसपी) भुवनेश्वर साहले बताए। यसअघि जिल्ला प्रशासन कार्यालय दैलेखले विद्युतिय तार (करेन्ट) विषालु पदार्थ र विष्फोटन पदार्थ प्रयोग नगर्न र गरे कानुनअनुसार कार्वाही गरिने ब्यहोराको सुचना सवैमा जारी गरेको थियो।

जलचर संरक्षण ऐन, २०१७ को दफा ८ को उपदफा १ नियम उल्लघंन गर्ने वा गर्न दुरुत्साहन गर्ने व्यक्तिलाई स्थानीय अधिकारीको आदेशले  कसूरको मात्रा हेरी हानी नोक्सानी भएकोमा बिगो बराबरको क्षतिपूर्ती भराई ६ महिनासम्म कैंद वा पाँच हजार रुपैँयासम्म जरिवाना वा दुवै सजाय हुनेछ भनिएको छ। जिल्लाका स्थानीय खोलामा करेन्ट लगाएर, विस्फोटक पर्दाथ प्रयोग गरेर र विषादी हालेर मार्ने गरेको गुनासो बढी आएपछि रोक्न सार्वजनिक सुचना जारी भएको र अटेर गर्नेहरुलाई कानुन अनुसार पक्राउ गर्न प्रहरीसंग समन्वय भएको दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले बताए।

प्रकाशित: १४ पुस २०७८ १३:१८ बुधबार

जिल्ला प्रशासन कार्यालय