समाज

अत्यधिक चिसो बढेपछि जनजीवन प्रभावित

फाइल तस्बिर

गए रातिदेखि लगातार परेको पानीका कारण जाजरकोट, रुकुम पश्चिम र डोल्पाको जनजीवन प्रभावित भएको छ। उपल्लो डोल्पा, जाजरकोटको बारेकोट र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको उच्च भागमा हिमपात जारी छ। हिमपातसँगै अधिकांश ठाउँको फोन सेवासमेत प्रभावित भएको छ।

जाडोका कारण जनजीवन कष्टकर भएको डोल्पाको कुम्ली विद्यालयका शिक्षक जयकृष्ण हमालले बताए। बिहानै घाँस सङ्कलन गर्ने काम ठप्प भएपछि पशुचौपायालाई खुवाउने आहाराका लागि समस्या भएको स्थानीयले बताएका छन्। चिसो अत्यधिक बढेपछि पठनपाठन प्रभावित बनेको छ। नियमित पानी परेपछि यातायात सेवासमेत प्रभावित भएको छ।

प्रकाशित: १४ पुस २०७८ ०२:५४ बुधबार

जनजीवन प्रभावित उच्च भागमा हिमपात पठनपाठन प्रभावित