समाज

धार्मिक पर्यटन बढाउन भगवान् शिवको मूर्ति

फाइल तस्बिर

धार्मिक पर्यटनलाई बढावा दिन शुक्लाफाँटा नगरपालिका–७ स्थित पशुपति मन्दिर परिसरमा २५ फिट अग्लो भगवान् शिवको मूर्ति निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

पशुपति सेवा समाज समितिको पहलमा मूर्ति निर्माण कार्य अगाडि बढाइएको हो। दाताको सहयोगमा मूर्ति निर्माण भइरहेको समितिका अध्यक्ष कालुसिंह ठगुन्नाले बताए। ‘मूर्ति निर्माणका लागि दाताबाट सङ्कलित सहयोग रु तीन लाख ९३ हजार खर्च गरेका छौं’, अध्यक्ष ठगुन्नाले भने, ‘दाताले अपुग रकमका लागि सहयोगको आश्वासन दिएका छन।’

भदौ १ गतेदेखि निर्माण थालिएको सो निर्माण कार्य पूरा हुन लागेको छ। ‘सरकारी र गैरसरकारी कुनै पनि निकायबाट सहयोग प्राप्त भएको छैन’ उनले भने, ‘स्वस्फुर्त रूपमा दाताले सहयोग रकम उपलब्ध गराएको छ। त्यसबाटै मूर्ति निर्माणको कार्य अगाडि बढेको छ।’

वर्षौदेखि धार्मिक महत्त्व बोकेका ओझेलमा परेका क्षेत्रहरू मूर्ति निर्माणको कार्यसँगै प्रचारमा आउने स्थानीय भक्तजनको भनाइ छ। स्थानीय लालसिंह महराले भने, ‘यस क्षेत्र वरिपरिका सुनदेवी ताल, प्राचिन बैजनाथ मन्दिर, मुडका धाम,कालापानी भगवती थानलगायत प्रचारप्रसारमा टेवा पुग्छ।’

प्रकाशित: १० पुस २०७८ ०२:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App