समाज

लडेर एक वृद्धको मृत्यु

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ चाँगु हल्छाप बस्ने वर्ष ७४ का कान्छा श्रेष्ठको आफ्नै घरबाहिर लडेर मृत्यु भएको छ। घर अगाडि पानी बग्ने नालीमा बुधबार राति लडेर उनको मृत्यु भएको हो।

घाइते अवस्थामा आफन्तले देखेर उपचारको लागि शंकरापुर अस्पताल जोरपाटी काठमाडौं लगेकोमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। घटनास्थलमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटी गई अनुसन्धान कार्य भइरहेको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए।

प्रकाशित: ८ पुस २०७८ १२:४७ बिहीबार