समाज

भक्तपुरमा कुलमानलाई सम्मान

भक्तपुर ख्रीष्टियन समाज तथा भक्तपुर मसिही मण्डलीले नेपाल विद्युत प्राधकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सम्मान गरेको छ। 

ख्रीष्टमस तथा नववर्ष सन् २०२२ को अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा कुलमानलाई सम्मान गरेको हो।  

कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङले नेपाल सबै जातजाति, भाषाभाषीको देश भएकाले सबै जना एक आपसमा मिलेर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए। कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का भक्तपुर नेता एवम् वागमति प्रदेशका सांसद डा. राजेन्द्रमान श्रेष्ठलगायतका नेताहरुले पनि सबै किसिमका धर्मलाई उत्तकै आदरका साथ हेर्नुपर्ने भनाई राखेका थिए।

प्रकाशित: ४ पुस २०७८ १०:०० आइतबार

भक्तपुरमा कुलमानलाई सम्मान