समाज

युवा समूहबीच छुरा हानाहान, एकको मृत्यु

पूर्वपश्चि राजमार्गको गोलबजार खण्डमा चक्काजाम

सिरहाको गोलबजार नगरपालिका–६ डोहटियामा शनिवार राति छुरा हानाहान हुँदा एक जनाको मृत्यु भएको छ। युवाहरुको दुई समूहबीच भएको छुरा हानाहानमा सोही ठाउँका २५ वर्षीय रामकुमार सदायको उपचारको क्रममा मृत्यु भएको छ। सोही ठाउँका १८ वर्षीय निकेश सदाय घाइते छन्।

छातीसहित शरीरका विभिन्न भागमा छुरा प्रहारबाट गम्भीर घाइते रामुकमारलाई आरके मेडिसिटी अस्पताल धनगढीमाईमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। निकेशको सोही अस्पतालमा उपचार भैरहेको छ।

घटनाका दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै स्थानीयहरु पूर्वपश्चिम राजमार्गको गोलबजार खण्डमा टायर बालेर चक्काजाम गरेर प्रदर्शन गरिरहेका छन्।

प्रकाशित: ४ पुस २०७८ ०४:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App