समाज

भक्तपुरमा भरुवा बन्दुक फेला

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ६ पसलडाँडास्थित तेलकोटमा भरुवा बन्दुक फेला परेको छ।

तेलकोटबाट हरिगुरू सडक मार्गको पानी बग्ने ह्युमपाइपभित्र शनिबार प्रहरीले भरुवा बन्दुक फेला पारेको हो।

स्थानीयले दिएको सूचनाको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको अनुसन्धान अधिकृत सहितको प्रहरी टोलीले सो बन्दुक फेला पारेको प्रहरीले जनाएको छ। त्यसबारे आवश्यक अनुसन्धान कार्य भइरहेको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए।

प्रकाशित: ३ पुस २०७८ १२:५५ शनिबार

महानगरीय प्रहरी परिसर