समाज

नागरिककर्मी नीलः पुरस्कृत

नागरिककर्मी नीलः साय्मी (राजेन्द्र मानन्धर) पुरस्कृत भएका छन्। २७औं काठमाडौं महानगर दिवसको अवसरमा बसन्तपुरमा आयोजित एक कार्यक्रममा संघीय व्यवस्था तथा स्थानीय विकासमन्त्री राजेन्द्र श्रेष्ठले नागरिककर्मी साय्मीलाई नगद ५० हजारसहित सम्मान गरेका हुन्।

महानगर दिवसमा पुरस्कृतहरूलाई बधाई दिने क्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले स्थानीय तहमा आफूहरू निर्वाचित भएर आइसकेपछि काठमाडौंको सांस्कृतिक पहिचान कायम हुने गरी धेरै काम गरेको जानकारी दिए।

तत्कालीन काठमाडौं नगरपालिकालाई महानगरमा रूपान्तरण गर्न आफूभन्दा अगाडिका मेयरहरूले धेरै काम गरेको स्मरण गर्दै आफूहरूका कार्यकालमा पनि त्यसैलाई निरन्तरता दिएर अझ थप काम भएको मेयर शाक्यले बताए।

उक्त कार्यक्रममा काठमाडौंका विभिन्न टोलका बाजा गुरु, रानिपोखरी पुनर्निर्माणको कार्यमा सहयोग गर्ने उपभोक्ता समितिका सदस्य,उत्कृष्ट योगदान गुर्ने जनप्रतिनिधि,कर्मचारीलगायत पत्रकार नीलः साय्मि (नागरिक दैनिक),अजय खड्गी (महानगर डटकम), सुनिल महर्जन (नेपाल समाचार पत्र),रञ्जित तामाङ (स्थानीय खबर),शिवहरि घिमिरे (नयाँ पत्रिका),सोभित थपलिया (क्लिकमान्डु), सञ्जिता आचार्य (थाहा खबर), अनिस अविरल मिजार (न्युज एजेन्सी) र नेपालभाषाबाट इलोहं प्रकाशन र विराजकाजी राजोपाध्यायलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ।

कार्यक्रममा विशेष अतिथिको रूपमा वाग्मती प्रदेशका सभामुख सानु श्रेष्ठ, सांसद नारायण सिलवाल,नेपाल सरकारका मुख्य सचिव शंकरदास वैरागी, स्थानीय विकास मन्त्रालयका सचिव सुरेश अधिकारीले मन्तव्य राखेका थिए।

प्रकाशित: १ पुस २०७८ ०२:२१ बिहीबार

नागरिककर्मी २७औं काठमाडौं महानगर दिवस संघीय व्यवस्था तथा स्थानीय विकासमन्त्री