समाज

बुटवलमा सडक सास्ती: हिँउदमा धुलाम्मे वर्षामा हिलाम्मे

बुटवल बेलहिया ६ लेन सडक अन्तर्गत बुटवल चौराहादेखि गोलपार्कसम्मको साढे ३ किलोमिटर सडक वर्षामा हिले र हिँउदमा धुले हुँदा यात्रु र स्थानीयले सास्ती भोग्नु परेको छ। बुटवल शहरको बिचमा  पर्ने बुटवल–गोलपार्क खण्ड स्तरोन्नति बर्षौ देखि अलपत्र छ। 

पुर्वपश्चिम राजमार्गमा पर्ने सिद्धार्थराजमार्ग अन्तर्गतको यो मुख्य सडकहुँदै दैनिक हजारौं मालबाहक, यात्रुबाहक र निजी सवारी साधन ओहोरदोहोर गर्छन। त्यही सडक बिचका खाल्डा खुल्डी र किनारमा थुपारीएका निर्माण सामाग्रीले दुर्घटनाको जोखीम दिनहुँ बढाइरहेको छ। लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव निरीक्षक ज्ञानु पाण्डेले लामो समय देखि निर्माणाधिन सडकको दुरावस्थाकै कारण सवारी दुर्घटना बढेको बताए।  

धँुवा धुलोले बुटवलबासी हैरान छन। भत्काएर असरल्ल छोडीएको सडक र धुलोले बुटवलको व्यापार व्यवसाय समेत चौपट भएको सडक छेउका स्थानीय अमित कशोधनले बताए। ‘दिनभर घरका झ्याल ढोका लगाएर बस्नु पर्ने अवस्था छ। व्यापार चौपट भयो। हामी पनि रोगी हुने भयौँ’ कशोधनले भने। सडकको दुरावस्थाकै कारण दिनहुँ आफ्नै आँखा अगाडी स्कुटर,मोटरसाइक र गाडीहरु दुर्घटना हुने गरेको उनले बताए। ठाँउ ठाँउमा सडक भत्काएर अलपत्र छाड्दा लामो समयदेखि चालक र यात्रीले दुःख पाएको बुटवल नेपालगञ्ज रोडका जिवन परियारले बताए।

लुम्बिनी प्रदेशको अस्थायी मुकाम रहेको बुटवलको बजार क्षेत्रकै सडकको यस्तो दुर्गतिले प्रदेशमा विकास निर्माणलाइ गिज्याइरहेको बुटवलबासीको गुनासो छ। बुटवल–बेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाले समयमा निर्माण नसक्दा यस्तो समस्या भएको सरोकारवाला बताउँछन्। आयोजना अन्तरगत बुटवल राजमार्ग चौराहदेखि गोलपार्क चिढीयाखोला सम्मको सडक निर्माणको ठेक्का द कञ्चनजंगा बिरुवा जेभी काठमाण्डौले पाएको हो। 

२०७४ चैत ३० गते सडक निर्माणको ठेक्का सझौता गरेको निर्माण कम्पनीले साढे ३ किलोमिटर सडक २०७६ असोज १२ गते सम्पन्न गर्नुपर्ने थियो। तर बीचमा सडकको क्षेत्राधिकार भित्र घर निर्माण गरेका स्थानीयले पटक–पटक अदालतमा मुद्दा दायर गरेर निर्माण कार्य अघि बढ्न दिएका थिएनन। अहिले कानुनी अडचन हटीसकेको छ।  

गत माघमा अदालतले सडक बिभागकै पक्षका फैसला सुनाएपछि सडक विस्तारका लागि बाटो खुलेको हो। कानुनी अड्चन हटेपछि फेरी निर्माण कम्पनीको  बिभिन्न बहानामा कामलाइ गती दिएन। जसका कारण यात्रु र बुटवल नगरबासीले सास्ती खेप्नु परेको छ। ठेक्केदारले लामो समयदेखि सडकको दुइतर्फको नाली निर्माणको छिटपुट काम गरेपनि बाँकी काम अगाडी बढाएको छैन। निर्माणमा ढिलासुस्ती गरीरहेको निर्माण कम्पनीले दुइ पटक मोभिलाइजेसन भन्दै ८ करोड २६ लाख रकम लगीसकेको छ। तर उसले पेटी ठेक्केदार, सप्लायर्स र कामदारलाइ भुक्तानी नदिएकाले निर्माणको काम अगाडी बढ्न नसकेको पनि बताइएको छ। त्यसका अलावा उसले गरेको कामको एक करोड बढी रकम भुक्तानी पनि लगीसकेको छ। तर कामलाइ गती दिएको छैन।

यो सडक ४७ करोड २७ लाख ८ हजारमा लागतमा ठेक्का सम्झौता गरीएको हो।  सडक विस्तार आयोजनाका प्रमुख जयलाल मरासिनीले निर्माण कम्पनीलालाइ छिटो काम सक्न ताकेता  गरेपनि अटेरी गरीरहेको बताए। निर्माण कम्पनीले अटेरी गरेपछि प्रशासनमै उपस्थित गराएर निर्माणको काम अगाडी बढाउने प्रतिवद्धता गराइएपनि कामले गती नलिएको उनले बताए। ठेक्केदारको ढिलासुस्तीकै कारण तेस्रो पटक २०७९ साल असार ३२ गते निर्माण सम्पन्न गर्ने गरी थप गरीएको म्यादमा पनि काम नसकीने देखिएको मरासीनीले बताए।  

निर्माण कम्पनीले भने सडक क्षेत्र भित्रका केही घर अझै नभत्काइएको,सडक बिचमा राखीएका खानेपानीका पाइप सार्नु पर्ने लगायतका समस्या रहेको बताएको छ। उसले ठेक्काको पुर्नमुल्यांकनका सम्बन्धमा आयोजनाले समयमै चासो नदिदा समस्या भएको बताएको छ।

तर आयोजना प्रमुख मरासीनीले भने ठेक्केदारको लापरबाही संगै पछि थप गरीएको नाली सहितको भेरिफिकेसन अर्डर सम्बन्धित मन्त्रालयले स्वीकृत नगरीदिँदा समेत समस्या भएको बताए। २०७३ को डिजाइनमा नाली नै नराखीएकाले ६ लेन सडकको मापदण्ड अनुरुप नाली थप गरी भेरिफकेसन अर्डर सडक बिभागमा पठाइएको मरासीनीले बताए। यसअघि बिभागले त्यसलाइ स्वीकृत गरी मन्त्रालय पठाएपनि सो फाइल मन्त्रालयमै अड्कीएकाले समस्या भएको उनले बताए। त्यसैलाइ बहाना बनाएर अहिले निर्माण कम्पनीले अगाडी बढाउनु पर्ने काम समेत नगरी आलटाल गरीरहेको पनि उनले बताए।

प्रकाशित: २७ मंसिर २०७८ ११:२० सोमबार