समाज

लागूऔषधसहित २ जना पक्राउ

नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका–१६ का ३२ वर्षीय आशिष बिक र ३० वर्षीय संजोग गजमेर रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ। उनीहरुलाई लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोली पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए।

पक्राउ परेकाहरुको साथबाट लुपिजेसिक २८ एम्पुल, डाइजाल्याब २८ एम्पुल, एभिल २८ एम्पुल बरामद भएको र उनीहरुलाई इलाका प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २३ मंसिर २०७८ १२:५५ बिहीबार

लागूऔषधसहित