समाज

छुट्दाछुट्टै दुर्घटनामा २ जनाको निधन

बिहीबार विहान एक मोटरसाइकल दुर्नघट्ना हुँदा चालकको निधन भएको छ। बेलटारबाट गाईघाटतर्फ आउँदै गरेकोस १० प ३१३३ नम्बरको मोटर साईकल चौदण्डीगढी नगरपालिका ६ सातधारेमा अनियन्त्रित भइ दुर्घटना हुदा चालक  सोही ठाउँका ३० वर्षीय उमेश राईको निधन भएको हो।

दुर्घट्नाना परी गम्ईभीर घाईते भएका राईको स्थानीय चौदण्डीगढी नगर अस्पताल बेलटारमा उपचार गर्दागर्दै निधन भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। घट्नाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

त्यसैगरी सप्तरीको फत्तेपुरबाट उदयपुरको रामपुरतर्फ आउँदै गरेको प्रदेश २( ०३(००९ प ४८४१ नम्बरको अर्को मोटरसाईकल चौदण्डीगढीकै ३ नं। वडाको हात्तिसार मा भएको दुर्घट्नामा परी अर्का युवककको ज्यान गएको छ।

बिहीबार दिउँसो १ बजे आँफै अनियन्त्रित भई दुर्घटना हुँदा  उक्त मोटरसाईकलमा सवार जिल्ला सिरहा लहान नगतपालिका २२ का ३२ वर्ओषीय ओम बिकको घट्नास्थलमै निधन भएको हो। दुर्घट्नामा परी अर्का सवार सप्तरी महुलीका २५ वर्षीय बिजय घतानी घाईते भएका छन्।

गम्भीर घाइते उनको बिपी स्वास्थ्य प्रतिष्ठान धरानमा पचार भईरहेको प्रहरीले जनाएको छ। दुवै मृतकको शव जिल्ला अस्पताल उदयपुरमा आवश्यक प्रक्रिया पुरा गरी पोष्टमार्टम गर्न पठाइएको छ।

प्रकाशित: २३ मंसिर २०७८ ०९:५५ बिहीबार

दुर्घटना